
२२ भदौ, काठमाडौं । कहिलेकाही नग्नता पनि राजनीतिक मुद्दा उठाउने माध्यम भइदिन्छ । जर्मनीका सरकार प्रमुखले यसै साता बर्लिनमा बेहोरेको घटनालाई नै हेराैं न ।
एन्गेला मर्केलकाे दल सिडियुलाई हराउँदै समाजवादी पार्टीबाट चुनाव जितेका ओलाफ साेल्ज संघीय सरकारको विशेष कार्यक्रममा भाग लिँदै थिए । त्यहाँ सहभागी हुन आएका प्रदर्शनकारीहरुबाट उनले कडा विराेध खप्नुपर्यो ।
अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार बर्लिनकाे सरकारी समाराेहमा आउने क्रममा मिडियासँग कुरा गर्दै थिए । दुईवटी केटीहरु ‘सेल्फी खिचाैं न’ भन्दै माेबाइल तेर्स्याउन थाले ।
ओलाफ साेल्ज पनि उतै फर्केर मुस्कुराउँदै मात्र के थिए, उनीहरु त छिटाेछिटाे लुगा खाेल्न पाे थाले । एउटीकाे नांगाे छातीमा लेखिएकाे थियाे– ‘रुसकाे ग्यास आयातमा प्रतिबन्ध लगाऊ ।’ अर्कीकाे छातीमा थियो– ‘रुसलाई धाप मार्ने काम बन्द गर ।’
सुरक्षा गार्डले तिनलाई हत्तपत्त नियन्त्रणमा त लिए । तर सारा मिडिया आएका बेला फोटाे खिच्न सम्भव भइहाल्याे । उनीहरुले चाहेको पनि यत्ति थियाे ।
जर्मनीमा आउने ग्यासकाे मुख्य स्राेत रुस हाे । युक्रेनमाथि युद्ध लाद्ने देशलाई स्वीकार नगर्न नागरिकहरुकाे ठूलाे दबाब छ ।
खासमा साेल्जले रुस–युक्रेन युद्धकाे सुरुवाती समयमा युक्रेनका नागरिककाे मानवअधिकारकाे पक्ष लिए पनि रुससँग जर्मनीकाे ठुलाे व्यापार हिस्सा गुमाउनुपर्ने भयले पछि हटेका थिए ।
त्यसयता उदारवादीहरु र मानवअधिकारवादीबीच उनी आलाेचित छन् । उनी विभिन्न कार्यक्रममा यस्ता विराेध झेलिरहन बाध्य छन् । तर यसपल्टकाे विराेध भने अलिक कडै पर्याे । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4