
काठमाडौं । डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।
ई–बीमाका निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई थप प्रष्ट पार्ने बताए ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र ई–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्धतासँग खुसी र आशावादी छौं ।’
सम्झौता अनुसार ई–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।
प्रतिक्रिया 4