
काठमाडौं । पञ्चकन्या ग्रुपले प्रत्येक ५ वर्षमा विद्युतको खरिद मूल्य पुनरावलोकन गर्न माग गरेको छ । ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै वर्षायाममा नदीमा जलस्तर बढ्ने हुँदा हिउँदको तुलनामा वर्षातमा बढी विद्युत् उत्पादन हुने र विभिन्न निजी कम्पनीहरुबाट बढी मात्रामा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले सित्तैमा खरिद रहेको बताएका छन् ।
‘तर देशमा अघोषित लोडसेडिङ यथावत कायम छ भने विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गरी आम्दानी पनि गरिराखेको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यदी बढी उत्पादित विद्युतको मूल्य नपाउने हो भने किन उत्पादन गरी रहने प्रश्न चिन्ह खडा भएको छ ।’
उनले हाइड्रोपावरको क्षमताअनुसार सबै याममा औसतमा विद्युत् उत्पादन गरी विद्युत् प्राधिकरणलाई बिक्री गर्नु पर्ने र अगामी महिनामा यति विद्युत् उत्पादन हुन्छ भनी सो को अनुमानित तथ्यांक अग्रिम रुपमा पेश गर्नुपर्ने व्यवस्था ररहेको अवगत गराएका छन् । सोही अनुमानित तथ्यांकलाई आधार मानी विद्युत् प्राधिकरणले भुक्तानी उपलब्ध गराउने गरेको छ ।
‘अतः देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरी ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि अझ बढी आकर्षित गर्न, कोरोनाले थलिएको उद्योगलाई राहत उपलब्ध गराउन र पीपीए सम्झौता गर्दा प्रतियुनिट जतिमा रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ’ उनले भनेका छन् ।
‘बढी उत्पादित विद्युतलाई पनि न्यूनतम आधा मूल्यमा खरिद गरी दिन र प्रत्येक ५ वर्षमा खरिद मूल्य पुनरावलोकन गर्न हामी उर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु सरकारसँग जोडदार माग गर्दछौं’ उनले भनेका छन् ।
प्रतिक्रिया 4