
२३ भदौ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ ।
बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ ।
९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन्।
एलिजावेथको स्वास्थ्यमा समस्या देखिएपछि राजकुमार चार्ल्सल बालमोरलमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4