
२४ भदौ, काठमाडौं । तारे होटलहरुमा सञ्चालित क्यासिनोको मनोरञ्जन कर तिर्न महानगरले तोकता गरेपछि ३ वटा क्यासिनोले कर तिरेका छन् । बिहीबार महानगरपालिकामा वडा नम्बर १३ मा रहेको होटल सोल्टीको क्यासिनो माजोङ्ग इन्टरटेनमेन्ट र वडा नम्बर २६ मा रहेको मल्ल होटलको बेली क्यासिनोले पनि मनोरञ्जन कर तिरेका हुन् ।
दुई वटा क्यासिनोले करिब ३० लाख रुपैयाँ बिहीबार महानगरपालिकामा बुझाएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।
महानगरले ७ वटा स्टार होटलका क्यासिनोहरुलाई ७ दिनभित्र जरिवाना सहित महानगरमा मनोरञ्जन कर बुझाउन पत्रचार गरेको थियो । बुधबार म्यारियट होटलले १९ लाख रुपैयाँ बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4