
काठमाडौं । प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ ।
फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ ।
बलिउड व्यापार समीक्षक तथा क्रिटिक्स तरण आदर्शले फिल्मलाई ‘निराशजनक’ भएको बताएका छन् । फिल्मको दोस्रो हाफ कमजोर भएको उनको विश्लेषण छ । आदर्शले यसलाई ‘ठूलै असफलता’को संज्ञा दिएका छन् ।
आदर्श सम्पादक रहेको बलिउड हंगामाले फिल्मलाई रेटिङ २.५ तारा दिएको छ । फिल्मको पहिलो हाफ उत्कृष्ट रहेको जनाएको छ ।
ट्रेड एनालिस्ट तथा समीक्षक सुमित कँडेलले फिल्मको प्रशंसा गर्दै उत्कृष्ट बताएका छन् । सुमितले ३ तारा दिएका छन् । हिन्दूस्तान टाइम्सले उत्कृष्ट भएको बताउँदा इन्डियन एक्सप्रेसले निराशजनक भएको जनाएको छ ।
विश्व प्रतिष्ठित भेराइटी म्यागजिनले फिल्मलाई ‘स्पेक्टाकल’ अर्थात् दर्शनीय भन्दै प्रशंसा गरेको छ । हलिउड समीक्षक कोटर्नी होवर्डाले फिल्मलाई बलिउडको उत्कृष्ट सुपरहिरो फिल्म भएको बताएकी छन् । उनले यसलाई बलिउडको पहिलो सिनेम्याटिक युनिभर्स ‘एस्ट्राभर्स’ भएको बताएकी छन् ।
नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4