
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको विशेष कार्यक्रम शुक्रबार बसन्तपुरमा सञ्चालन हुँदैछ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार अपरान्ह सुरु हुनेछ । इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोल पनि बसन्तपुर पुगेका छन् । मेयर बालेन बसन्तपुर जाँदा सर्वसाधारणले उनको समर्थनमा हुटिङ गरेका थिए ।
उनीहरुले बालेन, बालेन, बालेन जिन्दाबाद, हाइ हाइ बालेन जस्ता नारा लगाएका थिए । बालेन साह कालो दौरा सुरुवाल, कालै कोट र टोपी लगाएर इन्द्रजात्रा समारोहमा गएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4