+

भारतलाई ३-१ ले हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

२०७९ भदौ  २४ गते १८:२२ २०७९ भदौ २४ गते १८:२२
भारतलाई ३-१ ले हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

२४ भदौ, काठमाडौं । भारतलाई ३-१ ले हराउँदै नेपाल  साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन  सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे ।

खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।

साफ यु-१७
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय