
२४ भदौ, पोखरा । स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ ।
रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।
उनीहरू दुवै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4