२५ भदौ, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले युएस ओपनको उपाधि जितेकी छन् । उनले ट्युनिसियाकी पाँचौ वरीयता प्राप्त ओन्स जाबेउरलाई पराजित गर्दै वर्षको दोस्रो ग्राण्ड्स्लाम जितेकी हुन् ।
न्युयोर्कस्थित फ्लोसिङ मिडोमा भएको महिलातर्फको फाइनमा स्वाटेकले जाबेउरलाई ६-२, ७-६ (७-५) ले हराइन् ।
पोलिस खेलाडी स्वाटेकले यसअघि फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।
अमेरिकामा भने उनको यो पहिलो ग्राण्ड्स्लाम उपाधि हो । स्वाटेकले फ्रेञ्भ ओपन दुई पटक जितेकी छन् । जाबेउरले भने विम्बलडनको फाइनलमा पनि पराजित भएकी थिइन् ।
प्रतिक्रिया 4