
२६ भदौ, गुल्मी । गुल्मीमा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका वडानम्बर-६ निन्नुचौरका ३० वर्षीय यमबहादुर कुँवर घाइते भएका हुन् ।
आइतबार बिहान चितुवा कुँवरको खोरमा पसेको थियो । धपाउने खोज्दा चितुवाले कुँवरमाथि आक्रमण गरेको हो ।
केही समय कुँवर र चितुवाको घम्साघम्सी भएको थियो । त्यसै क्रममा चितुवाको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चितुवाले खोरमा रहेका ६०/७० वटा ठूला कुखुरा र ५०/६० वटा साना कुखुरा मारेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरभर चितुवाले चिथोरेको छ । उनी खतरामुक्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4