
काठमाडौं । ‘छड्के २’मा अनमोल केसीसँग मोडल रेशा आलेमगरले अनस्क्रिन रोमान्स गर्ने भएकी छन् । निर्माताले बाँकी कलाकारबारे सार्वजनिक गरे पनि ‘लिड एक्ट्रेस’लाई लुकाइरहेको थियो ।
कलाकार तथा निर्माता देवु श्रेष्ठले फिल्ममा अनमोल केसीको लुक्स सार्वजनिक गर्ने क्रममा रेशालाई पनि ट्याग गरेका छन् । जसबाट रेशाबारे खुलासा भएको हो ।
रेशालाई अनमोल केसीले पनि इन्स्टाग्राममा पछ्याएका छन् । फिल्ममा अनमोल र रेशाले अनस्क्रिन रोमान्स गर्नेछन् । अहिले फिल्मको छायांकन चितवनमा धमाधम भइरहेको छ ।
मंगोलियन लुक्सकी रेशा हट एण्ड स्टाइलिस पनि लाग्छिन् । निगम श्रेष्ठले निर्देशन गरिरहेको फिल्मको निर्माता प्रशान्त गिरी हुन् । यो ग्याङस्टर फिल्मले जडिबुटी ओसारपोसारमा दुई ग्याङबीच हुने लडाइँको कथा भन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4