+
+

विदेशी स्टक एक्सचेञ्जले पनि धितोपत्र बजारमा लगानी गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १५:१५

२७ भदौ, काठमाडौं । नयाँ स्टक एकसचेञ्जमा विदेशी रणनीतिक साझेदार ल्याउने भएमा १० वर्ष बजार सञ्चालन गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो । यस्तै सम्बन्धित देशको नियमनकारी निकायबाट धितोपत्र बजार सञ्चालन गर्न अनुमति पाएको हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

परीक्षण भएको प्रविधि ल्याउनुपर्ने

नयाँ धितोपत्र बजारले धितोपत्र कारोबारका लागि कारोबार प्रणाली र सोसँग सम्बन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा परीक्षण भएको मात्रै ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । त्यस्तो कारोबार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकमा न्यूनतम दश वर्षदेखि निरन्तर सञ्चालनमा रहेको कम्तीमा तीन वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि हुनुपर्ने व्यवस्था गरेको छ ।

नियमावली संशोधन गर्दै बोर्डले ३ अर्ब चुक्ता पूँजीसहित नयाँ धितोत्रप बजार सञ्चालक (स्टक एकसचेञ्ज) खोल्न बाटो खोलेको हो । नियमावलीको संशोधित व्यवस्था अनुसार धितोपत्र बजारको न्यूनतम चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने र हाल सञ्चालनमा रहेको धितोपत्र बबजारका लागि उक्त उक्त व्यवस्था लागु नहुने उल्लेख छ ।

त्यस्तै धितोपत्र बजारले कारोबार सञ्चालन गरेको दुई वर्षभित्र जारी पूँजीको ३० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने तर, हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेञ्जका लागि उक्त व्यवस्था लागू नहुने उल्लेख छ ।

यस्तै धितोपत्र बजारमा संगठित संस्था र धितोपत्र व्यवसायीले मात्रै लगानी गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै अब प्राइभेट कम्पनी र संगठित संस्थाले लगानी गर्नसक्ने व्यवस्था भएको छ । कुनै एक कम्पनी संगठित संस्था वा त्यस्ता संस्थाको सञ्चालक र सेयरधनी, निजको नजिकको नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पूँजीको १५ प्रतिशतसम्म सेयर लगानी गर्नसक्ने व्यवस्था भएको छ । यसअघि १० प्रतिशत मात्रै लगानी गर्नसक्ने व्यवस्था थियो ।

हेर्नुहोस् संशोधित नियमावलीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?