
फाइल तस्वीर
२७ भदौ, काठमाडौं । वायुसेवा कम्पनीले उपत्यका बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग माग गरेका छन् ।
नेपाल आयल निगम ढुवानीकर्ताहरुको आन्दोलनका कारण काठमाडौं भन्दा बाहिरका विमानस्थलमा वायुसेवा कम्पनीले हवाई इन्धन भर्न पाएका छैनन् ।
यसले उडानहरुमा असर परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले महानिर्देशकलाई लेखेको पत्रमा उल्लेख छ ।
नेपालीको चाडवाड नजिकिएको सन्दर्भमा सुलभ हवाई यातायातको अपेक्षा रहने भन्दै थापाले हवाई इन्धन भर्न नपाउँदा उडान सञ्चालनमै असर पर्ने उनले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4