
काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गरी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दशैं धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासव्याक प्राप्त गर्न सकिने छ ।
हालसम्म पनि एससीटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
साथै एससीटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत १ हजार २०० सम्म क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार १ हजार ५०० रुपैयाँ बराबरको पोस कारोबारमा ५०० रुपैयाँ र ३ हजार रुपैयाँको कारोबारमा १ हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३५ सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4