
२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ ।
निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो ।
जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।
बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको छ ।
दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने छ । त्यसपछि मात्रै जबराको बयान हुने समितिका एक सदस्यले जानकारी दिए ।
जबरालाई समितिमा दिउँसो १ बजे बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4