
२८ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेको छन् ।
मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भए पनि अनुसन्धानका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए । उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए ।
मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए । उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउन सके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ । देशको अवस्था फेर्न नै नसकिने होइन । फर्ने सकिन्छ । फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ । आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ । नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ । दिनहुँ त्यसको छलफल हुने गर्छ । खासै गरी कसैलाई चासो छैन । अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन । विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन । हामी कहाँ चासो कम हुने गर्दछ । हामी कहाँ विश्वविद्यालयहरु पनि छन् । ’
मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए । उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताए ।
उनले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गरे । उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताए ।
उनले भने, ‘देश निर्माण गर्न धेरै लगानी गर्नु पर्दैन । बाटोघाटो लगभग सबै वडामा पुगे, कालोपत्रे भए पुग्छ । हिजो बनिसकेका विमानस्थललाई कालोपत्रे गरे पुग्छ । हिजो शुरुवात भएका उद्योगलाई पुनः स्थापना गरे पुग्छ ।’
मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रै पनि नेपालको विकास हुने बताए । उनले भने, ‘ मार्केटिङ गर्नसके पर्यटन मात्रैले पनि पुग्छ । हाइड्रोको कुरा आयो, हामीभन्दा सम्पन्न भइसके नकिन्न पनि सक्छन् । किने त राम्रो हो । उनीहरुले किनेनन् भने प्रयोग गर्ने ठाउँ हुँदैन । तर पर्यटन र प्रकृति कसैले पनि किन्न सक्दैन ।’
प्रतिक्रिया 4