
काठमाडौं । आगामी वसन्त र गर्मीयामका लागि फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन सार्वजनिक गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय प्लाजाको रनवेमा नेपाली फेसन डिजाइनरले आगामी सन् २०२३ को लागि पहिरन ल्याएका हुन् ।
फेसन म्यागजिन भगले प्रबलको रनवेबारे १० शब्दको समीक्षा लेखेको छ, ‘पंक रकका क्रान्तिकारीहरु नियोन ब्राइट टुल र सिफमा सजिएका थिए ।’
विभिन्न जातीय र क्षेत्रीय पृष्ठभूमिका मोडलले प्रबलको डिजाइनमा रनवे नापे, जसको उद्देश्य पहिचान, आत्मविश्वास र सशक्त व्यक्तित्व प्रस्तुत गर्नु हो । सन् २०२३ को वसन्त, गर्मीका लागि प्रबलले डिजाइनमा सिलहुटमा प्राथमिकता दिएका छन् भने स्किनलाई देखाउने साहस पनि दर्शाइएको छ । रनवेमा केही मोडलले वक्षस्थल देखाएर समेत क्याटवाक गरेका थिए ।
असहज र अलग्गिएको अहिलेको विश्वमा बढ्दो आत्मअभिव्यक्तिको सुन्दरता र स्वतन्त्रता पाइन्छ । साथै, भविष्यमा आशावादी नायकको खोजी गर्ने सन्देश प्रबलको रनवेले दिने भग म्यागजिनले उल्लेख गरेको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4