
काठमाडौं । आईएनजी फुटसल टुर्नामेन्ट-२०७९ को पुरुष तर्फको उपाधि हेराल्ड कलेजले जितेको छ भने महिलातर्फको उपाधि इस्लिङ्टन कलेजले जितेको छ ।
महाराजगञ्जस्थित डुकु फुटसल हबमा भएको उपाधि भिडन्तमा पुरुष तर्फ आइएनजी स्किलको ‘टिम स्किल’लाई हराउँदै हेराल्ड कलेजले उपाधि जितेको हो । महिला तर्फ आईएनजी स्किलको ‘स्किल महिला टिम’ लाई पराजित गर्दै इस्लिङ्टन कलेजको ‘देवीको टिम’ले उपाधि जितेको हो ।
आईएनजी ग्रुपले आयोजना गरेको फुटसल प्रतियोगिताका विजेता टिम हेराल्ड कलेज र इस्लिङ्टन कलेजले नगद एक/एक लाख रुपैयाँसहित सम्मान पत्र, पदक र ट्रफी हात पारे ।
प्रतियोगिताको व्यवस्थापन गरेको आईएनजी मानव संसाधन विभागकी प्रमुख सुविता कपालीले फुटसल प्रतियोगिताले कर्मचारीहरूलाई आवश्यक स्फूर्ती प्रदान गर्नुका साथै आफ्नो सीप प्रदर्शन गर्ने मौका पाएको बताइन् । यो प्रतियोगिताले कर्मचारीहरूबीच सद्भाव र सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4