
२९ भदौ, काठमाडौं । पछिल्लो समय साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा ल्याउने प्रक्रिया बढे पनि दर्ता नगरी सञ्चालन गरेको भन्दै पर्यटन विभागले कारबाहीको चेतावनी दिएको छ ।
कतिपय व्यवसाय/उद्योग दर्ता नगरी, इजाजत नलिई वा नवीकरण समेत नगरी सञ्चालन गरिरहेको पाइएको भन्दै पर्यटन विभागले त्यसो नगर्न सचेत गराएको हो ।
जलयात्रा, ग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ, वर्डवाचिङ, स्कीइङ तथा अन्य पर्यटकीय व्यवसाय दर्ता, इजाजत, नवीकरण गरेर मात्र सञ्चालन हुनु पर्ने भन्दै विभागले यस्तो चेतावनी दिएको हो । यस्ता गतिविधि गर्न पर्यटकले निश्चित दस्तुर तिरेर मात्र सहभागी लिन सक्छन् । पर्यटन व्यवसाय गर्ने व्यक्तिले पर्यटन ऐन र सो अन्तर्गत बनेका नियम वा नेपाल सरकारका निर्देशन पालना गर्नुपर्ने समेत विभागले स्पष्ट पारेको छ ।
वातावरणीय प्रभाव अध्ययन गर
विभागले वातावरण संरक्षण नियमावली २०७७ अनुसार बन्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, आइरोप, स्काई वाक, प्लाराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फनपार्क तथा अन्य साहसिक तथा पर्यटन पूर्वाधार आयोजनाको निर्माण र सञ्चालन गर्दा संक्षिप्त वातावरणीय अध्ययन गरी इजाजत लिनु पर्छ । विभागले यस तर्फ समेत लगानीकर्तालाई सचेत गराएको छ ।
प्रतिक्रिया 4