+
+

दशैं-तिहार लक्षित प्रोटोनको ‘गन्तव्य खुशीयाली’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:५७

काठमाडौं । प्रोटोनले दशैं–तिहारलाई लक्षित गरी ‘गन्तव्य खुशीयालीको’ अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिने कम्पनीको भनाइ छ ।

पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि पाउन सक्ने कम्पनीको भनाइ छ ।

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयूभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना ३० भदौदेखि देशभर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न देशभर डिलरहरुको सञ्जाल निर्माण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?