२९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका छ जिल्लामा हुने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय गरेको हो ।
राखेपका अनुसार सुटिङका लागि पोखरामा उपयुक्त स्थान नभएका कारण काठमाडौंमा हुने छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३६ खेलमा दुई खेलबाहेक अन्य बाँकी खेलहरु भने गण्डकी प्रदेशमै हुने भएका छन् ।
यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटा जिल्लालाई नै समेटेर खेलकुद कार्यक्रम राख्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर, स्याङ्जा र पर्वत गरी ६ जिल्लामा मात्र हुने तय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया 4