+
+

बेनेलीको ‘दशैं फिएस्टा’ अफर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १९:०९

काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले बिक्री गर्दै आएको बेनेली मोटरसाइकलको दशैं अफर सार्वजनिक भएको छ । कम्पनीले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले ‘दशैं फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्यूआर कोड स्क्यान गर्न सकिन्छ ।

मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीको भनाइ छ । मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?