+

साफ यू-१७ च्याम्पियनसिप : फाइनलमा नेपाल फेरि भारतसँग पराजित

२०७९ भदौ  २९ गते २१:४७ २०७९ भदौ २९ गते २१:४७
साफ यू-१७ च्याम्पियनसिप : फाइनलमा नेपाल फेरि भारतसँग पराजित

२९ भदौ, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ ।

श्रीलंकामा बुधबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित भयो ।

भारतले नेपाल विरुद्ध समूह चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै चौथो पटक उपाधि जितेको हो । चौथो पटक फाइनल पुगेको नेपाल चारै पटक फाइनलमा भारतसँग नै पराजित भयो ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले गोल गरे ।

खेलको ३९ औं मिनेटमा कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा समेटिएको थियो ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय