
३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।
धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो ।
०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4