
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल ।
३० भदौ, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4