
काठमाडौं । वेस्टर्न युनियनले सञ्चालन गरेको सुनपति योजना अन्तर्गत पहिलो हप्ताको विजेता घोषणा गरिएको छ । लक्की ड्र मार्फत पहिलो साताका ३० जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।
वेस्टर्न युनियनका अनुसार एटीटी रेमिट सीजी फिन्को, डिजिटेक रेमिटेन्स, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटबाट गरिएको लक्की ड्र मा १० ग्राहकले चाँदीका सिक्का, १० जनाले मिक्सर ग्राइन्डर र १० जनाले इन्डक्सन चुलो जितेका छन् ।
चाँदीको सिक्का जित्नेमा दिपक यसमाली मगर, देवेन्द्रबहादुर बस्नेत, पदमबहादुर थापा, रामकल्यान महतो, विष्णुप्रसाद गैरे, महम्मद रेहान राना, अलि साफी, घनेन्द्रप्रसाद सापकोटा, लक्ष्मण बुढा मगर र मेख राना रहेका छन् ।
भीमप्रकाश वली, रामप्रकाश यादव रिता,रामप्रसाद तराइत, सम्सद आलम, वीरबहादुर कार्की, मनोज डाँगी, टिकाराम दमाइ दासी, मोहनकुमार राई, ओजन विष्ट र सुनिलकुमार चंगाले इन्डक्सन चुलो जितेका छन् ।
योजना अन्तर्गत महम्मद उमर मुसलमान, कृष्ण कमाल, बिपेस कोइराला, समिर गैरै, विष्णु गैरे, हासिम मियाँ कवारी, भरत चन्द्र, रामचन्द्र सुनार उजार, मिना खड्का, प्रकाश वीसी र नन्द किशोर कामैतले मिक्सर ग्राइन्डर जितेका छन् ।
वेस्टर्न युनियन नेपालले दोस्रो साप्ताहिक ड्र को तयारी पनि गरिरहेको जनाएको छ । योजना अन्तर्गत एक विजेताले बम्पर लक्की ड्रमा १० तोला सुन जित्न सक्नेछन् ।
प्रतिक्रिया 4