
३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्राङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।
महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो ।
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।
स्थानीय बासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4