
३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन मौकाकाे दुरुपयोग गरेर आफूहरुलाई विवादमा तान्न खोजेको बताएका छन् ।
महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुमाथि लाञ्छना लगाएका थिए । सिफारिस समितिले चोलेन्द्रले नाम लिएका कानुन व्यवसायीहरुलाई बिहीबार छलफलमा बोलाएको थियो ।
समितिमा उपस्थित भएका वरिष्ठ अधिवक्ता शाक्यले जबराविरुद्ध नेपाल बारले गरेको आन्दोलनमा प्रतिबद्ध भएकै कारण आरोपित गरेको बताए । उनले भनेका छन्, ‘महाअभियोगमा स्पष्टीकरण दिन मौका दिएकोमा उहाँले त्यसलाई दुरुपयोग गरेर हामीलाई विवादमा तान्ने प्रयास गर्नुभएको छ, यो स्वीकार्य छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4