
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।
फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो ।
फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4