
काठमाडौं । विश्व प्रतिष्ठित ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुनको लागि तीन फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । राधा, प्रकाश र ऐना झ्यालको पुतलीले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा जान आवेदन दिएका छन् ।
बिहीबार बेलुकासम्म आवेदन दिने अन्तिम मिति थियो । जसअनुसार तीन फिल्मले निवेदन दिएको ओस्कारको नेपाल छनोट कमिटीले जनाएको छ । कमिटीले फिल्म हेरेर यी तीनमध्ये कुनै एक फिल्मलाई प्रतिस्पर्धाको लागि सिफारिस गर्नेछ ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा चलेका फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउने प्रावधान छ । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई द एकेडेमी अफ मोसन पिक्चर्स एण्ड साइन्सेजसमक्ष सिफारिस गर्नुपर्नेछ ।
आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलस सहरमा ओस्कार अवार्ड समारोह हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4