
काठमाडौं । सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म ‘गडफादर’लाई जोमसोममा छायांकन गर्ने योजनाबाट निर्माता पछि हटेका छन् ।
‘लोकेसन हन्टिङ’ गरेर भारत फर्किएको निर्माताको टोलीले विना कारण नै जोमसोममा फिल्म छायांकन नहुने जानकारी दिएको नेपाल व्यवस्थापकले जनाएको छ । ‘उहाँहरुले सुटिङ नहुने बताउनुभयो, तर कारण दर्शाउनुभएन,’ निर्माण नियन्त्रक सुरज आचार्यले बताए ।
जोमसोम विमानस्थल क्षेत्रको लोकेसन हेरेर फिल्मका कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली स्वदेश फर्किएको थियो । राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य जोमसोम पुगेका थिए ।
सेप्टेम्बर १५ मा छायांकन गर्ने योजना थियो । सुरुवातमा नर्वेमा छायांकन गर्ने योजना बने पनि जोमसोममा गर्ने भन्दै निर्माता नेपाल आएका थिए । जोमसोममा पाँच मिनेट छायांकन गर्ने योजना थियो ।
मोहन राजा निर्देशित फिल्म अक्टोबर ५ मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4