
फाइल तस्वीर
३१ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।
यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो । खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् ।
जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको छ । गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजले उडान गर्दैछ । यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4