
२ असोज, काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चयकोषको प्रशासकका लागि खुला आवेदन माग गरेको छ । कोषको रिक्त प्रशासक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ ।
आइतबार प्रकाशित सूचना अनुसार २१ दिनभित्र आवेदन दिन सकिने भएको छ । मन्त्रालयका अनुसार कोषको प्रशासकको उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्छ ।
यस्तो कार्ययोजना अधिकतम ५ हजार शब्दसम्मको हुनुपर्ने छ । आवेदन मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाउनु पर्ने भएको छ ।
कर्मचारी सञ्चय कोषको प्रकाशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०७९ अनुसार आवेदन दिने सकिने र कार्यविधि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4