
२ असोज, काठमाडौं । २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता आगामी मंसिर ११ देखि १३ गतेसम्म त्रिशूली नदीमा सञ्चालन हुने भएको छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले यस्तो प्रतियोगिता गर्दै आएको छ । हिमालयन ह्वाइटवाटर च्यालेन्ज नाममा प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल कायाकिङ हुने भएको छ ।
जलयात्रा व्यवसायमा संलग्न व्यवसायी र जल खेलाडीको सीप र दक्षता बढाउन, नेपाललाई उत्कृष्ट साहसिक जलयात्रा पर्यटनका रुपमा स्थापित गराउन, नदी सरसफाइ र त्रिशूली नदीको सुरक्षा तथा पर्यटन प्रवर्द्धनको उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको नाराको भनाइ छ । यस प्रतियोगिताले नेपालको पर्यटनको पुनरुत्थानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4