
२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने चुनावको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सोमबार टुंग्याउने भएको छ ।
उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ ।
प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको उनले बताए । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने छ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय असोज ३ गतेसम्मलाई दिएको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4