+
+

आईएमई मोटर्सले सुरु गर्‍यो लोन मेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:४७

काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ ।

काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा आइतबारदेखि लोन मेला सुरु गरेको हो । यो मेला ४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा ६–७ असोजसम्म मेला आयोजना गर्ने छ । ग्राहक लक्षित अफर सहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिने छ ।

मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?