
बाँयाबाट डा. राजीव झा र डा. मेघनाथ धिमाल।
२ असोज, काठमाडौं । वीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेधनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन् ।
शनिबार १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डा. धिमाल र डा. झालाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो । दुवै जनालाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत पुरस्कार दिइएको हो ।
विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् । मन्त्रालयले डा. झा सहित १२ जनालाई पुरस्कृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4