
काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी कलेजले प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
कलेजले यो छात्रवृत्ति पुरस्कारले एकाडेमिक, एटेन्डेन्स र एटिच्यूडलाई एकैसत्रूमा बाँध्ने विश्वास गरेको छ । शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहितका लागि एएए छात्रवृत्ति पुरस्कार वितरणको उदेश्य रहेको कलेजको भनाइ छ ।
यस छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना विद्यार्थीहरुले आवेदक दिएका थिए । २ करोड रुपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक सदस्यहरूले योग्यताका आधारमा ६४ विद्यार्थीहरू छनोट गरेका थिए ।
छनोटमा परेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन मिल्ने बताए ।
प्रतिक्रिया 4