
२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।
महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थमा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।
टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।
बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।
तस्वीरहरु : आर्यन धिमाल/ अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4