
फाइल तस्वीर
२ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्न जनशक्ति थप गरेको छ । जनशक्ति थपेर दैनिक टोली दोब्बर पारिएको र अनुगमनको क्षेत्र पनि फराकिलो पारेको विभागले जनाएको छ ।
आइतबारदेखि विभागले अनुगमन टोली ४ बाट ९ बनाएको विभागका सूचना अधिकारी एवम् अनुगमन शाखा निर्देशक होमनाथ भट्टराईले बताए ।
अनुगमनलाई विषयगत बनाएर थप विस्तृत बनाउन फलफूल तथा तरकारी, नाप तौल, खाद्य तथा प्रोसेसिङ फुडको विज्ञसहितको टोली परिचालन गरेको भट्टराईले बताए । ‘अब दैनिक टोली पनि दोब्बर भएको छ,’ भट्टराईले भने, ‘कृषि, वाणिज्य र सरकारका अन्य निकाय पनि मिलेर अब विज्ञसहित अनुगमन सुरु भएको छ ।’
चाडपर्व लक्षित अनुगमन बढाएको भन्दै विभागले उपभोक्ता हितका विषयहरु गुनासोको रुपमा टिपाउन पनि उपभोक्तालाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4