+
+

संगीतकार शुभबहादुर सुनामको निधन, जसले सेक्सोफोनलाई स्थापित गराए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते ११:२७

काठमाडौं । सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवादनमा स्थापित गर्ने चर्चित संगीतकर्मी शुभबहादुर सुनामको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । नाति एलिश कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामको निधन भएको हो ।

लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो । ‘किड्नीको समस्या थियो । डायलाइसिस पनि हुँदै थियो । सोही क्रममा आज बिहान हजुरबुवाको निधन भयो,’ कार्कीले अनलाइनखबरसँग भने ।

दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ । सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ । संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन् ।

सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए ।

रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । उनी तारादेवीका समेत मनपर्ने संगीतकार थिए ।

उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उनले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भरेका छन् ।

उनले पछिल्लो समय आफ्ना छोराहरुसहित नाति र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?