
काठमाडौं । ‘नेपाली पात्रो’ ले समाचारको नयाँ सुविधासहितको एन्ड्रोइडमा अपडेटेड भर्जन ६.४.२ तथा आईओएसमा भर्जन ६.३.० सार्वजनिक गरेको छ । विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरू थाहा पाउन ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सार्वजनिक गरिएको हो ।
नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिंदै आएको नेपाली पात्रोले जनाएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न रहेको छ ।
यस नयाँ भर्जन अगाडि समेत रहेको आफ्नो रोजाइ (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै सजिलो व्यवस्थापन गर्न सकिने सुविधा थपेको छ । प्रयोगकर्ताले लगइन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका सञ्चार गृह र आफ्नो रुची मात्रका सामग्रीहरु प्राप्त गर्न सक्नेछन् ।
नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सीईओ सन्तोष देवकोटाले ‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउने बताए ।
राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न नविन प्रयोग गरिएको उनले बताए ।
नेपाली पात्रोको नयाँ अपडेटमा के छ ?
नयाँ डिजाइन : सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् । जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।
बुकमार्क : आफ्नो रोजाइका विषयगत समाचार सामग्रीहरु केवल समाचार होइनन् ती भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन् । धैरेले यस्ता सामग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गर्छन् । यसकै समाधान भनेको बुकमार्क सुविधा हो । नेपाली पात्रो लगइन गरे पनि नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ । लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गर्दा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गरेमा सुरक्षित राखिएका बुकमार्क सामग्रीहरु देखिने छैनन् ।
उपयोगी फुटर ट्याब : त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेटने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।
ट्रेन्डिङ समाचार : प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूका लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नया अपडेटेड समाचार यूआईले कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्विरमा आँखा चिन्हसँगै देखाइएको छ ।
तेस्रो फुटर ट्याब : फुटर भागको तेस्रो सुविधा भनेको पर्सनलाइजेशन सुविधा हो र यो गज्जब छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वस्नीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।
चौथो फुटर ट्याब : यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ति प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएक छ ।
आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटिएको नेपाली पात्रोले जनाएको छ । जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नेछन् । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहने छन् भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ ।
पाँचौ फुटर ट्याब : ‘नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नविन अविष्कारहरुलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।
शीर्ष १० समाचार : यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा तपाईंलाई मनपर्नसक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।
सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको र आगामी ६ महिनामा विविध नवीन प्रयोग सहितका सुविधाहरु थप्ने योजनामा रहेको छ ।
प्रतिक्रिया 4