
३ असोज, काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजासँग आफ्नो कुनै साँठगाँठ नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा आफ्नो पुस्तक ‘विचार भन्दा माथि देश’ विमोचन कार्यक्रममा मिश्रले राजसंस्था राख्नुपर्ने बताए । उनले भनेका छन्, ०६२/६३ आन्दोलनको हुरी चल्यो, त्यो आन्दोलनको हुरीलाई प्रश्न गर्नेवित्तिकै पश्चगामी भने । त्यो आन्दोलनको हुरीमा कसैले मेरो कूरा सुनेन ।’
०७२ पछि देश ठीकै तरिकाले चल्छ भने ठीक छ भनेर ०७४ को चुनाव लडेको उनले सुनाए । ‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन । भोलि यो देश संकटमा पर्न सक्ने प्रबल सम्भावना छ, यमन, सिरिया, लिबिया मा संकट पर्यो । यस्तो संकट आउँदा लामो विरासत ऐतिहासिक संस्था भएकोतिर हेर्छन् । गणेशराज शर्माले भन्नुभएको थियो राजसंस्थालाई खोपामा राखौं । संसद्ले बाँधेर राखौं, तर राजसंस्था राखौं ।’
मिश्रले पत्रकार हुँदा आफ्नो तत्कालीन राजासँग दुई पटक भेट भएको सुनाए । उनले अघि भने, राजासँग मेरो कुनै साँठगाँठ छैन, राजासँग कुनै लेनदेन छैन ।’
प्रतिक्रिया 4