+

तीन वर्षपछि दशरथ रंगशालामा ‘क्यापासिटी क्राउड’ (तस्वीरहरू)

२०७९ असोज  ३ गते २१:२४ २०७९ असोज ३ गते २१:२४
तीन वर्षपछि दशरथ रंगशालामा ‘क्यापासिटी क्राउड’ (तस्वीरहरू)

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न १५ हजार ७ सय दर्शक रंगशालामा उपस्थिति थिए ।

यो उपस्थित सन् २०१९ को दक्षिण एशियाली खेलकुद सागको फाइनल र समापन समारोहको उपस्थिति बराबरी हो ।  यो दशरथ रंगशालाको पूर्ण क्षमता हो ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा रंगशालाको क्षमता १५ हजारमा झारिएको हो ।

राष्ट्रिय खेलकुद परिषद राखेपको स्वामित्वमा रहेको यो रंगशालामा साधारण प्यारापिटतर्फ १२ हजार र भीआईपीतर्फ ३ हजार सिट क्षमता छ । खेलमा नेपालको हौसला बढाइरहेका समर्थक घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएपछि स्तब्ध भएका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

दशरथ रंगशाला साफ महिला फुटबल
लेखक
विकास श्रेष्ठ र चन्द्रबहादुर आले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय