+

यी हुन् अन्तर्राष्ट्रिय क्रिकेट नियममा भएका परिवर्तन

२०७९ असोज  ४ गते १६:४१ २०७९ असोज ४ गते १६:४१
यी हुन् अन्तर्राष्ट्रिय क्रिकेट नियममा भएका परिवर्तन

४ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अक्टोर १ देखि लागु हुने गरी क्रिकेटका केही नियम परिवर्तन गरेको छ ।

भारतीय टिमका पूर्व कप्तान तथा बीसीसीआई अध्यक्ष सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट कमिटीले एमसीसीको क्रिकेट नियमको प्लेइङ कन्डिसमा परिवर्तन गर्न सिफारिस गरिएको हो ।

नयाँ नियम अष्ट्रेर्लियामा अक्टोबर नोभेम्बरमा हुने टी-२० विश्वकपमा लागु हुनेछ ।

आउट भएका ब्याटरको स्थानमा नयाँ ब्याटर 

जब ब्याटर आउट हुन्छ, नयाँ ब्याटर स्ट्राइकमा आउनेछन् । क्याच लिनु अघि ब्याटरले पार गरे वा नगरे पनि स्ट्राइकमै नयाँ ब्याटर बउनेछन् ।

यसअघि यदी क्याच लिनुअघि ब्याटरले क्रस गरेमा नन-स्ट्राइकर एन्ड रहेका ब्याटरले अर्को बल फेस गर्दै आएका थिए ।

थुक प्रयोग गर्न नपाउने :  बल पुछ्न थुकको प्रयोग गर्न नपाइने नियम कोभिड-सम्बन्धित अस्थायी उपायको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा दुई वर्षभन्दा बढी समयदेखि लागू गरेको छ । अब यो प्रतिबन्ध स्थायी बनाउनको लागि उपयुक्त मानिएको छ ।

कोभिड–१९ को प्रकोपको कारणले गर्दा मैदानमा भाइरस सर्न नदिन बलमा थुक लगाउन नपाइने नियम लागू गरेको थियो । कोभिडपछि  जुलाई २०२० मा क्रिकेट फेरि सुरु हुँदा यो नियम लागू भयो र अब यसलाई स्थायी बनाइनेछ ।

नयाँ ब्याटर २ मिनेटमा तयार हुनुपर्ने

क्रिजमा आउने नयाँ ब्याटरले अब टेस्ट र एकदिवसीयमा दुई मिनेट भित्र स्ट्राइक लिन तयार हुन आवश्यक छ । टी-२० मा भने ९० सेकेन्डमा नै तयार हुनु पर्ने नियमलाई कायम राखिएको छ ।

यसअघि एकदिवसीय र टेष्टमा स्ट्राइक लिन तीन मिनेट समय हुने गरेको भए पनि अहिले यसलाई घटाइएको छ । यदी त्यसो गर्न असफल भएमा, फिल्डिङ कप्तानले टाइमआउटको लागि अपिल गर्न सक्छ।

फिल्डिङ पक्षक अनुचित व्यवहार

बलरले बलिङ गर्न दौडिरहेको बेला कुनै पनि अनुचित र जानाजानी अवरोध गरेमा अब अम्पायरले ब्याटिङ टिमलाई पाँच पेनाल्टी रन दिन सक्छ । र डेड बलको कल पनि कायम रहनेछ ।

नन-स्ट्राइकरबाट रन आउट

रन आउटलाई प्रभाव पार्ने यस विधिलाई प्लेइङ कन्डिसन अनुसार ‘अनफेयर प्ले’ खण्डबाट ‘रन आउट’ खण्डमा सारिएको छ ।

नन-स्ट्राइकर एन्डमा रनआउट गर्नुलाई पहिले अनुचित रूपमा हेरिएको थियो । अब नन स्ट्राइकरलाई रनआउट गर्दा नियमित रनआउट मानिनेछ ।

बलिङअघि नै रन आउटको प्रयास

बलरले बलिङ गर्नुअघि नै ब्याटर विकेट अगाडि बढेमा स्ट्राइकरलाई रनआउट गर्न बल फाल्न पाउने थियो । तर अब यो अभ्यास गरिएमा डेड बल भनिनेछ।

अन्य प्रमुख निर्णयहरू

जनवरी २०२२  मा टी-२० अन्तर्राष्ट्रियमा सुरू गरिएको इन-म्याच पेनाल्टी, (जसको कारण फिल्डिङ टोलीले निर्धारित समयमा आफ्नो ओभरहरू बलिङ गर्न असफल भएमा इनिङ्सको बाँकी ओभरहरूको लागि फिल्डिङ सर्कल भित्र थप फिल्डर ल्याउनु पर्छ), अब यसलाई २०२३ मा आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग समाप्त भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा पनि लागु गरिनेछ ।

आईसीसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय