
काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले चाडपर्व लक्षित अफर ल्याएको छ । ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौं, फोन पे गरौं’ नामक योजना सुरु भएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत हरेक दिन फोन पे मार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद १ एक लाख रुपैयाँ जित्ने कम्पनीले जनाएको छ । यो योजना ४ असोजदेखि १३ असोजसम्म लागू हुने कम्पनीले जनाएको छ ।
क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्ने कम्पनीको भनाइ छ ।
मर्चेन्टहरुको यो योजना ४ असोजदेखि कात्तिक १२ गतेसम्म लागू हुने भएको छ । फोन पेको एक लाख जित्ने योजनामा सहभागी हुन ग्राहकले फोन पे अफर एपमा गई ‘च्यालेञ्ज एसेप्ट’ गर्नुपर्ने छ ।
फोन पेले दशैंको समयमा किनमेल गर्न सहज होस भन्ने उद्देश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यास ब्याक सुविधा समेत ल्याएको जनाएको छ ।
फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले १ असोजदेखि १५ असोजसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउने भएका छन् ।
कुमारी बैंकका ग्राहकले ४ असोजदेखि १४ कात्तिकसम्म पहिलोपटक क्यूआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशत वा तीन सय रुपैयाँसम्म छुट पाउने छन् भने सानिमा बैंकका ग्राहकले १६-२२ असोजसम्म १० प्रतिशत अर्थात १ सयसम्म छुट पाउने छन् ।
गरिमा विकास बैंक र एनसीसी बैंक, एनआईसी एशिया बैंकका ग्राहकले ९-१४ असोजसम्म क्यूआर गर्दा १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट पाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले ७ असोजदेखि १७ असोजसम्म, एभरेष्ट बैंकका ग्राहकले १०-१४ असोजसम्म, मेगा बैंकका ग्राहकले ७-१३ असोजसम्म, कामना सेवा विकास बैंकका ग्राहकले ९-१३ असोजसम्म क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा १ सय रुपैयाँ छुट पाउनेछन् ।
आईएमई पेका ग्राहकले ७-१४ असोजसम्म, प्रभु पेका ग्राहकले ९-१४ असोजसम्म, खल्तीका ग्राहकले ४-२४ असोजसम्म पहिलो पटक क्यूआर गर्दा १० प्रतिशत वा १ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे्र बैंकका ग्राहकले ९-२० असोजसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
प्रतिक्रिया 4