
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकको फाइल तस्वीर ।
४ असोज, काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् ।
लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।
बैठकमा सहभागी एक नेता भन्छन्, ‘द्विपक्षीय रुपमा छलफल गर्ने काम चलिरहेको छ । भोलिसम्म सहमति गर्ने भन्ने भएको छ ।’
बैठकमा सहभागी नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको ८० प्रतिशत निर्वाचन क्षेत्रमा दलहरुबीच सहमति जुटिसकेको बताए ।
‘हामी निश्कर्षको नजिक पुगेका छौं, भोलि ८ बजे पुनः छलफल गर्नेछौ’, उनले भने, ‘१६५ निर्वाचन क्षेत्रको ८० प्रतिशतमा सहमति नजिक पुगेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4