
५ असोज, विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका बाल अधिकारकर्मी राजेन्द्र ढकाललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ५० वर्षीय ढकाललाई अप्राकृतिक मैथुन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बुधबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो ।
उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका छन् ।
पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । ढकाल एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया 4