
५ असोज, विराटनगर। नेटवर्किङमार्फत व्यावसाय सञ्चालन गरिरहेको ग्लोबल ओरियन्सको सुनसरी इटहरीस्थित शाखा कार्यालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
कमाई राम्रो हुने र विदेश घुम्न पाइने लोभ देखाएर सर्वसाधारणलाई सदस्य बनाउँदै ठगी गरेको आरोपमा प्रहरीले ग्लोबल ओरियन्स नेपालको इटहरी शाखाबाट छ जनालाई मंगलबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ-१ का ससिता राई, सुन्दरहरैंचा-७ का संजीव माझी, ग्रामथान-३ का बिक्रम माझी, कटहरी-६ का पंकजकुमार साह र अरुणकुमार मुडयारी र झापा बिर्तामोड-१० का पदम राईलाई पक्राउ गरेको हो ।
इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर उनीहरुले ग्लोबल ओरियन्स नेपाल प्रालिको बोर्ड पनि राखेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको कोठामा खानतलासी गर्दा कम्प्यूटर, ल्यापटप, मोवाईल फोन, विभिन्न व्यक्तिहरुको फोटो, नागरिकता, सम्झौतापत्र, टिकट, बील, छाप, मेडल, प्रमाणपत्रलगायतका सामाग्री बरामद गरेको छ ।
पक्राउ परेका ६ विरुद्ध सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ्ग ठगी मुद्दामा म्याद थपेर अनसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4